काठमाडौँ
००:००:००
२५ मंसिर २०८२, बिहीबार

२५ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसमेत सातजना र दुईवटा कम्पनीविरुद्ध घुस लिइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ।

अख्तियारले भिजिट भिसामा विदेश पठाउँदा अध्यागमनमा सेटिङ गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा आज (बिहीबार) विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो।

भिजिट भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजात नमिलेको बहानामा दुःख दिई घुस लिने गरेको अख्तियारको आरोप छ। भट्टराई २३ असोज २०८१ देखि ७ जेठ २०८२ सम्म प्रमुख अध्यागमन अधिकृतका रूपमा कार्यरत थिए।

अख्तियारले भट्टराईविरुद्ध ७९ लाख ८० हजार, तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालविरुद्ध आठ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ। साथे ग्रिनलाइन होलिडेज प्रालि र त्यसै कम्पनीका अध्यक्ष बालकृष्ण खड्‌काविरुद्ध ३० लाख २० हजार रुपैयाँ, फेमली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालि र उक्त कम्पनीका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

यसैगरी ग्रिनलाइन होलिडेजका सञ्चालक राम खड्‌काविरुद्ध ३० लाख २० हजार रुपैयाँ मागदाबी गरेको छ। यस्तै कविता पौडेलविरुद्ध ७९ लाख ८० हजार र खेमप्रसाद सुवेदीविरुद्ध ७९ लाख ८० हजार बिगो मागदाबी गरिएको छ।