काठमाडौँ
००:००:००
२५ मंसिर २०८२, बिहीबार

२५ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को ‘इलिमिनेटर’ खेल जितेर लुम्बिनी लायन्स दोस्रो ‘क्वालिफायर’मा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले पराजित गर्दै लुम्बिनी क्वालिफायरमा प्रवेश गर्यो।

लुम्बिनीले अब बिहीबार विराटनगर किङ्ससँग दोस्रो ‘क्वालिफायर’मा प्रतिस्पर्धा गर्नेछ। दोस्रो ‘क्वालिफायर’को विजेताले ‘फाइनल’मा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

आजको जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले अबको ध्यान बाँकी खेल कसरी जित्ने भन्नेमा रहेको बताए। उनले भने, “आजको खेल जित्दा खुसी छौँ। अब बाँकी रहेका दुई खेल जितेर च्याम्पियन कसरी हुने भन्नेमा ध्यान छ।”

सञ्चारकर्मीसँगको कुराकानी पौडेलले बलिङ पक्ष राम्रो हुँदा खेल जित्न सम्भव भएको सुनाउनुभयो । काठमाडौँलाई कम ‘स्कोर’मा रोक्दा जित निकाल्न सहज भएको उनको भनाइ छ।

प्रतियोगिताबाट बाहिरिएको काठमाडौँका प्रशिक्षक मोन्टी देसाइले ब्याटिङबाट कम रन बन्नु नै हारको मुख्य कारण बनेको बताए। उनले भने, “ब्याटिङबाट २०–३० रन कम बन्यो, जसले गर्दा दोस्रो इनिङमा हामीले लुम्बिनीलाई रोक्न सकेनौँ। १३०–१४० सम्म पनि रन बनेको भए खेल अर्कै हुन्थ्यो।”