काठमाडौँ। पाल्पामा फोर्स गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान लु१ज ३९०८ नम्बरको फोर्स गाडी निस्दी गाउँपालिका-४ चिउरीबासस्थित रामपुर-अरूणखोलाको भित्र सडकमा दुर्घटनामा परेको थियो।
प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार आफैं अनियन्त्रित भएर सडकबाट गाडी करिब ११ सय मिटर तल खसेको थियो। दुर्घटनामा चार जनाको मृत्यु भएको र सात जना घाइते रहेको चौधरीले बताए।
मृत्यु हुनेमा निस्दी गाउँपालिका-७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारू, वडा नम्बर ४ की ४५ वर्षीय ओमकुमारी खाम्चा, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका-१३ की ३१ वर्षीया बुद्धिमाया विक र सोही ठाउँका ३४ वर्षीय सुन्दर विक रहेका छन्। उनीहरूको मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासीमा उपचारको क्रममा मृत्यु भएको चौधरीले बताए।
दुर्घछनामा पूर्वी नपलपरासी मध्यबिन्दु नगरपालिका-४ लामेदमार बस्ने ९ वर्षीय नेवराज खाम्चा, ५ वर्षीय सालिन खाम्चा, ७३ वर्षीय नरबहुर सुनारी, ७२ वर्षीया भूमिकुमार सरा सुनारी, मध्यबिन्दु-१३ का १० वर्षीय लविस सुनार र ५ वर्षीया प्रिन्सा सुनार र पाल्पा निस्दी गाउँपालिका-४ की २८ वर्षीया मीनाकुमारी सुनारी घाइते छन्।
घाइतेमध्ये चार जना उपचारपछि घर फर्केका छन् भने तीन जनाको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए।