काठमाडौं। नेपाली यू-१९ युवा क्रिकेट टोलीले एसीसी अन्डर-१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ।
दुबईको द सेभेन्स रंगशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८.५ ओभरमा ८२ रनमै अलआउट भएको हो।
श्रीलङ्काका सेथ्मिका सेनेविरत्नले ९.५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे। यही २६ मंसिरदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन्।
नेपाल समूह ‘बी’ मा छ। नेपालसँगै बंगलादेश, श्रीलङ्का र अफगानिस्तान छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया छन्।