२७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ।  संसारभरी सिमसार क्षेत्रको जैबिक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा रामसार सन्धि भएकाे थियाे।

हाल नेपालमा भएकाे १० वटा रामसार क्षेत्र मध्य कोशी टापु बन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो।

सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६ वर्ग किलाे मिटर रहेको छ।

यहाँ ५०० भन्दा बढी प्रजातिका रैथाने र बसाईँ सर्ने चराहरु पाईन्छ। नेपालमा जंङली भैंसी (अर्ना) यस क्षेत्रमा मात्र पाईन्छ । यहाँबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका अर्नाहरु भने त्यहाँ बाच्न सकेनन्।

काेसी टप्पुमा जंङ्गली हात्ती, फ्याउरो, निलगाई, मलहा बिरालो, डल्फिन, मृग जस्ता जनावरहरु पाइन्छ। सप्तकोशी नदीले कटान गरेर बनाएको यो संरक्षण क्षेत्र चरा पर्यटनको लागि प्रख्यात छ।