२७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिएका छन्। उनले आज (शनिबार) को फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिए। योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बने।

यसअघि काठमाडौँ गोर्खाजका साहब आलमले यो सिजनमा पहिलो ह्याट्रिक गरेका थिए। पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिँदै उनले रेकर्ड बनाएका थिए। साहब एकै खेलमा ६ विकेट लिने पहिलो बलरसमेत बनेका थिए।

यसअघि चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए। यस्तै एकै खेलमा चार विकेट लिने खेलाडीमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी‚ सुदूरपश्चिमकै अविनाश बोहोरा, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने‚ पोखरा एभेन्जर्सका विपिन खत्री‚ चितवन राइनोजका सोहेल तनविर र पोखराका धनञ्जय लक्षन छन्।