काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले पुरस्कारबापत एक करोड १० लाख रुपैयाँ हात पारेको छ।
उपविजेता बनेको सुदूरपश्चिम रोयल्स ५१ लाख रुपैयाँको हकदार बन्यो। शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधिमाथि कब्जा जमाएको हो।
तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख रुपैयाँ प्राप्त गर्यो। चौथो स्थानमा रहेको काठमान्डू गोर्खाजको पोल्टामा १५ लाख रुपैयाँ पर्यो।
यो पनि…
लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि
राष्ट्रपति पौडेलले भने- लुम्बिनी लायन्सलाई बधाई
एनपीएलको विजेतालाई प्रधानमन्त्रीले दिइन् बधाई
रवाफिलो जितमा लुम्बिनीको सेलिब्रेसन [फोटो फिचर]
उत्कृष्ट खेलाडी बनेका रोहितलाई ६१ लाखको कार र बाइक‚ अरु खेलाडीले के पाए?