काठमाडौँ। दुबईमा भएको पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा सहभागी नेपाली टोली शनिबार स्वदेश फर्किएको छ।
कास्य विजेता रेणु तामाङ र प्रशिक्षक कविराज नेगी लामा स्वदेश फर्किएका हुन्। रेणुले महिला ४७ केजीमुनि नेपाललाई कास्य दिलाएकी थिइन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ‚ नेपाल तेक्वान्दो संघ‚ सल्लाहकार परिषद्का अध्यक्ष प्रकाशशमशेर राणा र महासचिव हेमन्त डाँगी‚ संघका प्रशासन प्रमुख प्रह्लाद थापा‚ परिवारजन‚ राष्ट्रिय पारा तेक्वान्दो टिमका खेलाडीलगागतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।