काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता लुम्बिनी लायन्सलाई बधाई दिएका छन्।
लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरी उपाधिमा आफ्नो पोल्टामा पारेको हो।
सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलले विजेता टोलीलाई बधाई दिँदै लेखेका छन्‚“नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता लुम्बिनी लायन्सलाई बधाई । खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि उपविजेता‚ सम्पूर्ण टिम‚ खेलाडी‚ प्रशिक्षक‚ आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद ।”

यो पनि…