काठमाडौँ। लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान गरेका कप्तान रोहितकुमार पौडेल सिजनको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
सिजनको उत्कृष्ट खेलाडी बनेका रोहितले लुम्बिनीलाई च्याम्पियन बनाउन ब्याटिङ र बलिङमा योगदान गरेका थिए। योसँगै उनले ६१ लाख रुपैयाँ पर्ने ओमोडा जाइको जे-५ कार (ईभी) पाए।

उनी सर्वाधिक रन प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा तथा नेपाली ब्याटरमा शीर्ष स्थानमा रहे। उनले १० खेलमा २७६ रन रन प्रहार गरे। प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका रोहिलते एक थान पल्सर मोटरसाइकलसमेत पाए ।
बलिङतर्फ उनले १० विकेट आफ्नो पोल्टामा पारे। सर्वाधिक विकेट लिने बलरको दशौँ स्थानमा रोहित रहे।
लुम्बिनी लायन्सकै बलर शेर मल्ल प्रतियोगिताको उदीयमान खेलाडी चुनिए । उनले एउटा थान पल्सर मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट बलर बनेका विराटनगरका कप्तान सन्दीप लामिछानेले पनि एक थान पल्सर मोटरसाइकल हात पारे।
यो पनि…
‘इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट’ बनेका सुदूरपश्चिमका बलर अभिनाश बोहोरालाई रेडबुलले दुई लाख रुपैयाँ प्रदान गर्यो। फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि हात पार्यो।