काठमाडौँ। ओपनर ईशान पाण्डेबाहेक अन्य ब्याटर चल्न नसक्दा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचाल्न लुम्बिनी लायन्सलाई ८६ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो।
सुदूरपश्चिमका ईशानले सर्वाधिक ३३ रन बनाए। ५१ बल खेलेका उनले १ चौका प्रहार गरे। कप्तान दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट हुँदा हर्मित सिंह र स्कट कुगुलेइनले समान १० रनको योगदान दिए।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिए। चार ओभर बलिङ गरेका उनले जम्मा १२ रन खर्चिए। अर्का बलरद्वय शेर मल्ल र रुबेन ट्रम्पलम्यानले पनि समान ३ विकेट लिए। तिलक भण्डारीले १ विकेट राखे।