काठमाडौँ। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ।
विभिन्न ठाउँबाट निस्केको बाजागाजासहित उद्घाटनस्थल पुगेका छन्। नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित मञ्चमा पुगेको थियो। भक्तपुरस्थित सल्लाघारीमा उद्घाटन हुनुभन्दा अगाडि झाँकी पुगेको थियो।
पञ्चैबाजा नौसिङ्गे बाजागाजासहित विभिन्न वेशभूषासहित भक्तपुरका विभिन्न ठाउँ निस्केका थिए। भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गरेका छन्। महाधिवेशन २९ मंसिरसम्म सञ्चालन हुनेछ।
यो पनि…
हेर्नुहोस् सल्लाघारीको रौनक



