काठमाडौं। कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा एफ–१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ।
विज्ञप्तिमा बिहान ५ः५० र ५ः५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुईवटा बम प्रहार गरिएको भनिएको छ। त्यसपछि बिहान ६ः०२ र ६ः०७ बजे चेई चम्नास पुल नष्ट गर्न दुईवटा बम प्रहार गरियो भने ६ः१२ बजे पुरानो चेई चम्नास पुलमा थप बम प्रहार भएको छ।
कम्बोडियाली रक्षा मन्त्रालयले भनेको छ, “थाइल्याण्डको बमबार्डमेन्ट अझै रोकिएको छैन।” थाइल्याण्डको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। कम्बोडिया–थाइल्याण्ड सीमाक्षेत्रको विवाद ७ डिसेम्बरदेखि पुनः शुरू भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने,“उनले थाइल्याण्ड र कम्बोडियाका नेतासँग फोनमार्फत वार्ता गरे र दुवै पक्षले शुक्रबार साँझदेखि लागू हुने युद्धविराम स्वीकार गरे।”