काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रहरीमा स्टाफ कलेजका रूपमा सञ्चालन गरिएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) को प्रवेश परीक्षामा सहभागी हुनका लागि १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) छानिएका छन्। गत वर्षदेखि प्रहरीका उपल्ला तहमा बढुवा हुने प्रहरी अधिकारीका लागि एमपीएस लागु गरिएको हो।

यो टोली एमपीएसका लागि छनोट भएकामा दोस्रो हो। यो परीक्षामा उत्तीर्ण हुनेहरूले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन्।

२०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका र अहिले डीएसपी बनेकाहरूले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए। यसमा ८९ डीएसपीमध्ये १६ जना मात्रै उत्तीर्ण भएका हुन्। त्रिभुवन विश्वविद्यालयले २२, २३ र २४ मंसिर एमएपीएसका लागि प्रवेश परीक्षा लिएको थियो। परीक्षाफल आज (आइतबार) सार्वजनिक भएको हो।

स्टाफ कलेज कोर्स पास नगर्नेहरू एसएसपीभन्दा माथि बढुवाका लागि अयोग्य हुनेछन्। उत्तीर्ण भएकामध्ये एक नम्बरमा विकास बम, दोस्रोमा हरिप्रसाद पौडेल र तेस्रोमा प्रवीण कार्की छन्।

यस्तै अन्यमा नवराज ढुंगेल‚ केशवराज ज्ञवाली‚ गणेशचन्द्र कोइराला‚ राजेशराज पुरी‚ कमलराज पण्डित‚ रामकुमार राई‚ रमेशकुमार श्रेष्ठ‚ खगेन्द्र धमला‚ पुष्कर बोगटी‚ सुधीर राई‚ वसन्त पाण्डे‚ इन्द्रजित इटनी र निरञ्जन भट्टराई छन्।