काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२८ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका ४‚ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर ४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो। आज (आइतबार) बिहान ग्यास चुहिएर लिम्बूको घरमा आगलागी भएको थियो।

आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँबराबरको क्षति भएको पनि राजवंशीले जानकारी दिए।