काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई भेट्नका लागि सिंहदरबार जाँदा प्रवेश नपाएपछि जेन-जीका घाइतेहरुले सिंहदरबारको दक्षिण गेटबाहिरै धर्ना दिएका छन्।
उनीहरुले चारबुँदे माग राखी अर्थमन्त्री खनाललाई भेट्न खोजेका थिए। सिंहदरबार छिर्न नपाएपछि उनीहरुले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै गेटअगाडि नै धर्ना दिए।
यस्ता छन् माग :
१) रिलायन्स स्पिनिङ्स मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि निष्काशित आईपी बाँडफाँड प्रक्रियालाई तत्काल रोक्नुपर्ने।
२) निष्पक्ष छानबिन आयोग गठनमा गरि तत्काल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई निलम्बन गर्नुपर्ने।
३) बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नुपर्ने।
४) भ्रष्टाचारमा संलग्न दोषीहरुलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने।

हेर्नुहोस् थप तस्बिर :
