कांग्रेसले चालिसेलाई प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ ३ बाट एकल सिफारिसमा राखेको छ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता तथा तत्कालीन अर्थसमिति सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
चालिसेविरुद्ध अख्तियारले विशेष अदातलमा आज (आइतबार) मुद्दा दायर गरेको हो। उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ। उनीविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँको गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।
सोही रकमबराबरको बिगो कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत गर्न तथा कैद सजायको मागसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
विघटित प्रतिनिधिसभाका सांसद् चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयरसमेत हुन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं ३ बाट उनी एकल सिफारिसमा परेका छन्।