काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि (सोमबार) बस्ने भएको छ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ।