काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वशिक्षामन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ।

काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उनको उपचारका क्रममा निधन भएको हो। उपाध्याय लामो समयदेखि मुखको क्यान्सरबाट पीडित थिए। उनी २०५६ सालमा शिक्षामन्त्री भएका थिए।

पटक-पटक कांग्रेस केन्द्रीय सदस्य रहेका उपाध्याय प्रतिनिधिसभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसदसमेत भएका थिए। उनी शालिन र बौद्धिक नेताका रुपमा परिचित छन्।

उनी २०५८ सालमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्‌मा शिक्षामन्त्री बनेका थिए। १८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले शाही कदम उठाएपछि उनी पदमुक्त भएका थिए।

राजनीतिक संघर्षका क्रममा उनी पटक-पटक पक्राउ परेका थिए। पञ्चायती व्यवस्थाका बेला उपाध्यायले निर्वासित जीवनसमेत बताएका थिए।

मोरङको आमगाछीका उपाध्यायले भारतबाट राजनीतिशास्त्रका स्नातक गरेका थिए। उनका दुई छोरा र एक छोरी छन्।