काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकमा हुने सबै किसिमका आन्दोलनमा प्रहरी सधैँ तारोमा पर्ने गरेको बताएका छन्।
उनले प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने गरिएको भन्दै गुनासो पनि गरे। जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आइतबार उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
“मूलभूत रूपमा प्रहरीका संरचनाहरू यसपाला पनि ध्वस्त भए। नेपालको इतिहासमा यसभन्दा पहिलेका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोमा पर्छ। यसलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो पनि बनाउने पनि गरिन्छ,” कार्कीले भने।
