काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

एमालेको ११औँ महाधिवेशन

२८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो छुट्टै अवधारणापत्र राखेका छन्।

बन्दसत्रको सुरुमा अध्यक्ष केपी ओलीले धारणा राखेपछि नेता पोखरेललाई बोल्न समय दिइएको थियो। पोखरेलले बन्दसत्रमा यसअघि सार्वजनिक भएको र पार्टी अध्यक्ष ओलीलाई बुझाएको अवधारणापत्र वाचन गरेका हुन्।

शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई आफ्नो पालोमा अवधारणापत्र राख्न दिने सहमति भएको थियो। पोखरेलको अवधारणापत्रमा पार्टीको लोकतान्त्रीकरणमाथि प्रश्न उठाइएको छ।

पोखरेलले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमै पुगेर महासचिव शंकर पोखरेललाई अवधारणापत्र बुझाएका थिए।

उनले आफूले उठान गरेका विषय पार्टीले बन्दसत्रमा पेस गर्ने दस्ताबेजमा समावेश हुनुपर्ने बताएका थिए।

पोखरेलले अहिले पार्टीमा विचार र नेतृत्वको भन्दा पनि कार्यशैलीको समस्या रहेको भन्दै यही स्थिति रहे कुनै पनि दिन दुर्घटनाग्रस्त बन्ने सबैमा पीर रहेको बताए।