काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको २१ फागुनमा तय भएको निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान त्यसमै केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आव ०८१/८२ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि सरकारलाई पौडेलले सुझाव दिए। राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका थिए।

त्यसअवसरमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आव ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिन्।

राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीसमेत आकलन गरी परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे।