काठमाडौँ। रश्मीकुमारी घिसिङको निर्णायक गोलसँगै एपीएफ साफ क्लब महिला च्याम्पियनसिपको अंक तालिकामा शीर्षस्थानमा पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफले पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले पराजित गर्यो।
एपीएफको यो दोस्रो जित हो। जितसँगै एपीएफले ३ खेलबाट ७ अंक पुर्याएको छ। एक खेल कम खेलेको भारतको इस्ट बंगला एफसीको भने ६ अंक छ।
सबै खेल खेलिसकेको कराची भने प्रतियोगिताबाट बाहिरिएको छ। उसको २ अंक मात्र छ।
एपीएफको जितका रश्मीले गरेको गोल नै निर्णायक रह्यो। उनले खेलको ५२औं मिनेटमा हेडरबाट गोल गरेकी हुन्।
हेर्नुहोस् थप तस्बिर :
