काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२८ मंसिर २०८२
अ+
अ-

सिड्नी। सिड्नीको बोन्डी बिचमा आइतबार गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ।

सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यहूदी समुदायका सदस्य समुद्री तटमा साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिनको ‘हनुक्का पर्व’ का अवसरमा भेला भएका थिए।

‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार १६ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

अस्ट्रेलियाको यहुदी संघका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का पर्व मनाउने क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ भएको बताएका छन्।

“अल्बानिज सरकारलाई धेरैपटक चेतावनी दिइयो तर सरकार यहूदी समुदायको रक्षाका लागि पर्याप्त कदम चाल्न असफल भएको छ,” फ्रान्सको प्रसिद्ध समाचार संस्था एएफपीले ग्रेगरीलाई उद्धृत गरी लेखेको छ।