काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आइतबार(आज) सुनको मूल्यले नयाँ रेकर्ड कामय गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँ बढेर २ लाख ५८ हजार ८०० रुपैयाँ तोकिएको छ।

शुक्रबार सुन तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी तोलामा ८० रुपैयाँ घटेको छ। शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तीन हजार ८२५ रुपैयाँ तोकिएको हो।