काठमाडौं। नेकपा एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ।
११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्।
सोही अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना बनाइएको छ।
यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो बनाइएको छ । यसरी जम्मा केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ।
गत भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र केन्द्रीय कमिटीको संख्या २५१ तय गरेको थियो।