काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२९ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। चालु आवको पहिलो चार महिना (साउन-कात्तिक) मा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ। आव ०८२/८३ को पहिलो चार महिनामा विभिन्न देशबाट ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको कात्तिक महिनासम्मको तथ्यांकअनुसार कात्तिकमा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा एक खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख २७ हजार ८३७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ४७ हजार ४७८ र ९४ हजार १०५ थियो।