जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मन्त्रीमण्डल विस्तारसँगै जिम्मेवारी तोकेका छन्।
मुख्यमन्त्रीको सिफारिसमा नेपाली कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा तथा तथा संस्कृति मन्त्रालयमा रानी शर्मा तिवारी र माओवादीबाट जवाहरलाल कुशवाहालाई ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको छ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कनिश पटेललाई उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यसअघि यसअघि मन्त्रालय नतोकिएका जंगीलाल र कनिशलाई जिम्मेवारी तोकिएको हो। माओवादी केन्द्रबाट कुशवाहा तथा लोसपाबाट तिवारीलाई मन्त्रीमा नियुक्त गरिएको हो।
यसअघि नै जनमतबाट अर्थमन्त्रीमा महेश यादव नियुक्त भइसकेका छन्। नवनियुक्त मन्त्रीद्वय कुशवाह र तिवारीले प्रदेश प्रमुख कर्णसमक्ष सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
