काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

मन्त्रिपरिषद् निर्णय

२९ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ।

९ नोभेम्बर २०१६ देखि निष्कासनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने सरकारले व्यवस्था गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए।