११औँ महाधिवेशन
काठमाडौँ। नेकपा एमालेको अध्यक्षका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन कार्यतालिकाअनुसार पोखरेलले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गराए। यस्तै अध्यक्षमा केपी ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन्। दुवैले तोकिएको समयमै उम्मेदवारी दर्ता गराए। अब एमालेको अध्यक्षका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा हुनेछ।
ओलीले पनि ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षका प्रत्यासी पोखरेलले भने ओलीभन्दा अघि नै उम्मेदवारी दर्ता गराएका थिए।
निर्वाचन कार्यतालिकाअनुसार मतदान भोलि (मंगलबार) हुनेछ। ओली र पोखरेल दुवै प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्।
एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।