काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२९ मंसिर २०८२
अ+
अ-

काठमाडौं। विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको काभ्रेको पतञ्जलि जग्गा प्रकरणमा साक्षीलाई बकपत्रका लागि झिकाउन आदेश गरेको छ। न्यायाधीशहरु नारायणप्रसाद पोडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षीहरुलाई भौतिक रुपमा अर्थात् श्रव्य-दृश्य माध्यमबाट बकपत्र दिनसक्ने गरी उपस्थित गराउन आज (सोमबार) आदेश गरेको हो।

साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २५ मंसिर २०६९ सालमा भएको निर्णयको फाइल झिकाउन पनि आदेश गरेको छ। अख्तियारले नेपाललगायत ९३ जनाविरुद्ध पतञ्जलि योगपीठले जडीबुटी खेती, आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको भन्दै २२ जेठ २०८२ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्‌कै निर्णयबाट बिक्री गरेको भेटिएपछि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएएको छ। १८ माघ २०६६ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो। त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो।