जनकपुरधाम। मधेस प्रदेश सभाको सभामुख निर्वाचन प्रक्रियालाई अगाडि बढाउन मधेस प्रदेश सभाको बैठक आह्वान गरिएको छ। बैठक २ गते बुधबार दिउँसो १ बजेको लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभाका सचिव बासु कोइरालाले प्रदेश सभाको बैठकबाट सभामुख निर्वाचन प्रक्रियालाई अनुमोदन गरिने र त्यसै लगत्तै निर्वाचनको कार्यतालिकाहरू प्रकाशित गरिने जानकारी दिए ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअषिस यादवले सभामुखको निर्वाचन प्रक्रियाको लागि बैठक आह्वान गरिएको र त्यसबीचमा मुख्यमन्त्रीले विश्वासको मत लिए प्रदेश सभा निरन्तर चल्ने नभए बैठक स्थगित गरिनेछ ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदआचरण विपरीत कार्य गरेको भन्दै निजलाई पदबाट हटाइएको थियो त्यसपछि सभामुख पदरिक्त रहेको छ। सभामुख मण्डललाई मङ्सिर ३ गते पदबाट हटाइएको थियो। सभामुख पदमा जनता समाजवादी पार्टीले दाबी गर्दै आएको छ।