काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२९ मंसिर २०८२
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते विश्वासको मत लिने भएका छन्। यसका लागि प्रदेशसभाका उपसभामुखसँग समन्वय गरेर आवश्यक प्रबन्ध मिलाउने सहमतिसमेत भएको छ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले महाधिवेशनमा रहेकाले मुख्यमन्त्रीले ४ गते विश्वासको मत लिने तयारी गरेका हुन्। जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार सात दलको बैठकमा यस प्रकारको सहमति भएको र विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरिने तयारी रहेको छ। तर आवश्यक परेमा मुख्यमन्त्रीले प्रदेश प्रमुखसँग समन्वय गरेर हरेक पार्टीबाट एक-एकजनालाई मन्त्रीमण्डलमा पठाउने पनि सहमति भएको छ।

यस्तै, २ गते सभामुखको निर्वाचन तालिकाका लागि प्रदेशसभा बैठक आह्वान भएपछि जसपाले उम्मेदवारी दिने तयारी गरेको छ। जसपा संसदीय दलका नेता यादवले आफनाे दलले नै सभामुख पाउने दाबी गर्दै सात दलमा पनि सोही प्रकारको सहमति भएको जानकारी दिए।

६ दलको सहमतिमा मुख्यमन्त्री बनेका यादवको मन्त्रिमण्डलमा अहिलेसम्म अर्थमन्त्रीमा जनमत पार्टीबाट महेश यादव छन् भने नेपाली कांग्रेसबाट जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट गणेश पटेल बिनाविभागीय मन्त्री छन्।