काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र सहायक प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई उच्च अदालत पाटनले अनुसन्धानका लागि पाँचौँपटक म्याद थपको अनुमति दिएको छ।
मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश गीताप्रसाद तिम्सिनाको वाणिज्य इजलबासबाट आज (सोमबार) पुन: पाँच दिनका लागि म्याद थपेको हो।
उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार बैंकिङ कसुर मुद्दाको अनुसन्धान गर्न समय माग भएकाले थप पाँच दिनका लागि हिरासतमा राख्ने अनुमति दिइएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शेरचन र पोखरेललगायतलाई १४ मंसिरमा काठमाडौंबाट पक्राउ गरेको थियो। बैंकिङ कसुरसम्बन्धी मुद्दामा ब्युरोमा उजुरी परेपछि चारै जनालाई प्रभु बैंकको केन्द्रीय कार्यालय बिजुलीबजारबाट पक्राउ गरिएको थियो।