काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२९ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से एकल अंकले बढेको छ।

आइतबार १२.५० अंकले घटेको नेप्से सोमबार भने ६.७४ बढ्दै २६०१.६१ विन्दुमा रोकिएको छ। नेप्से ०.२५ प्रतिशतले बढेको हो।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २.०१ अंकले बढेर ४४७.५२ विन्दुमा रोकिएको छ। आज ३२९ कम्पनीको ५६ हजार १२२ पटकको कारोबारमा ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच भए। जसमा आज तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज आठ कम्पनीका सूचक बढ्दा बाँकी सबै घटे। नेप्सेमा आज १५५ कम्पनीको मूल्य बढ्यो‚ ९४ वटाको घट्यो भने १० को स्थिर रह्यो।

आज पनि स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिडेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। जसको अन्तिम कारोबार मूल्य २१२७ रुपैयाँ रह्यो। हिजो पनि स्वस्तिकको सेयर मूल्य १० प्रतिशतले बढेको थियो। यस्तै हिमस्टर ऊर्जा लिमिटेडको सेयर मूल्य ६.९५ प्रतिशतले घट्यो। हिमस्टारको अन्तिम कारोबार मूल्य ८७० रुपैयाँ ह्यो।

आज सबैभन्दा धेरै नागी ग्रुप पावर लिमिटेडको सेयरको कारोबार भयो। आज यस कम्पनीको १४ करोड २५ लाख ६८ हजार २३७ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३९९ रुपैयाँ कायम रह्यो।