काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ। पाठकले अब अर्को महिनाबाट घरेलु मैदानमा हुने आइसीसी टी–२० ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सम्हाल्ने छन्।
उक्त प्रतियोगिता सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने तय छ। पाठक यसअघि थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक थिए। महिला टोली अहिले ग्लोबल छनोटको तयारीमा जुटेको छ।
छनोटमा नेपाल र थाइल्यान्डसँगै समूह ‘बी’मा नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबे छन्। अर्को समूहमा भने बाङ्लादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्।