काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१ पुष २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेर दुई लाख ५९ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार ७८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।