१ पुष २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर १६ तारिख। पौष कृष्ण पक्षको द्वादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष: सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।

बृष: विभिन्न सहयोग र उपहार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ । आयआर्जन पनि राम्रै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मिथुन: विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता राख्न चाहनेहरू आफै कमजोर हुनेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।

कर्कट: प्रतिस्पर्धीहरू हाबी हुनेछन् । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ।

सिंह: आफन्त तथा अग्रजहरू सँग विवाद सर्जन हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।

कन्या: धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

तुला: नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।

वृश्चिक: नयाँ कामको प्रस्ताव आउनेछ ,मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। स्वस्थ्यमा समस्या आउन सक्छ । प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला।

धनु: फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । आत्मीयजनबाट धोका पाइनेछ ।

मकर: नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । तारिफयोग्य काम गर्दै नाम कमाउने अवसर प्राप्त हुनेछ।

कुम्भ: अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । शारीरिक कमजोरीले चिन्ता बढाउनेछ l स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।

मीन: श्रमको उचित मूल्य पाइनेछ। टाढाबाट नगद प्राप्त हुनेछ । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।