काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

२ पुष २०८२
अ+
अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टी विभाजनको सपना देख्नेहरूको चाहना पूरा नहुने स्पष्ट पारेका छन्।

बुधबार भृकुटीमण्डपमा जारी बन्दसत्रका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले स्वच्छ प्रतिस्पर्धालाई आफ्नो राजनीतिक संस्कारका रूपमा स्वीकार्दै आएको बताए।

उनका अनुसार एमाले आज पनि जनताको भरोसायोग्य र लोकप्रिय पार्टी हो। वर्तमान जटिल राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिन सक्ने क्षमता एमालेसँग मात्रै रहेको दाबी गर्दै उनले संवैधानिक र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई अघि बढाउने जिम्मेवारी पार्टीले लिने बताए।