काठमाडौँ। विभिन्न सहरबाट लागुऔषधसहित १९ जना पक्राउ परेका छन्।
काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रुपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले जनाएको हो।
काठमाडौँ महानगरपालिका २६‚ ठमेलबाट खैरो हेरोइन २६३ ग्रामसहित एक जनालाई पक्राउ गरिएको छ भने जमलबाट गाँजासहित एकजना पक्राउ परेका छन्।
मोरङ, चितवन र झापाका विभिन्न स्थानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित व्यक्ति पक्राउ परेका छन्। तनहुँबाट ट्रामाडोल ट्याब्लेटसहित, सुनसरीबाट ब्राउनसुगर तथा विभिन्न नियन्त्रित औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै पाल्पाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन एम्पुलसहित दुईजना, मकवानपुरबाट करिब ११ किलो गाँजासहित दुईजना तथा रुपन्देही र नवलपरासी पश्चिमबाट ब्राउनसुगर र गाँजासहित अन्य व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।