काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनबाट उपमहासचिव पदमा लेखराज भट्टले सबैभन्दा बढी मत पाएर विजयी भएका छन्।
यस्तै रघुवीर महासेठ र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका छन्। अध्यक्ष केपी ओलीको सारथिका रूपमा परिचित विष्णु रिमाल भने उपमहासचिवमा पराजित भए।
निर्वाचनको परिणामअनुसार उपमहासचिवमा भट्टले एक हजार ४५२ मत पाएका छन्। यस्तै महासेठले एक हजार ३६८ मत पाउँदा भट्टराईले एक हजार ३४८ मतसहित उपमहासचिवमा विजयी बने।
रिमालले एक हजार ९१ मत मात्र पाए। एमालेमा तीन उपमहासचिव हुने व्यवस्था छ। मतपरिणामअनुसार रिमाल चौथो बने अनुसार रिमाल पराजित भएका हुन्। यस्तै उपमहासचिवका प्रतिस्पर्धी आनन्दप्रसाद पोखरेलले ६३५ मत पाए भने वैजनाथ चौधरीले ५१७ मत प्राप्त गरे।