काठमाडौं। नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानको परिणाम आउने क्रम सुरु भएको छ।
चार सय ४३ मत गनिसक्दा उपमहासचिव पदमा ओली प्यानलका लेखराज भट्ट र ईश्वर पोखरेल प्यानलका योगेश भट्टराईले लोकप्रिय मत पाएका छन् ।
सुरूवाती भट्टले २९३ मत पाउँदा भट्टराईको पषमा २६४ मत परेको छ। यहाँ पोखरेल प्यानलका वैजनाथ चौधरी ५७ र आनन्द पोखरेल १३३ मतसहित अन्तिममा छन्।
उपमहासचिव
आनन्दप्रसाद पोख्रेल : १३३
योगेश भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७