काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गरिरहेका केपी शर्मा ओली। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ओली तेस्रोपटक एमाले अध्यक्ष निर्वाचित भएका हुन्।

यसअघि ओली २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए। चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट उनले अध्यक्षको कार्यकाल दोहोर्‍याएका थिए।

यसपटक निर्वाचित हुने क्रममा उनले एक हजार ६६३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्रै ल्याउन सके। ओली र पोखरेलबीचको मतान्तर एक हजार ९९ रहेको छ।

मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ।