काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
रामसुन्दर कार्की।
अ+
अ-

काठमाडौँ। धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्या मन्दिरसम्म दौड्ने भएका छन्।

५५ वर्षीय कार्कीले ७ चैतदेखि दौड आरम्भ गर्नेछन्। करिब ४५० किलोमिटर दूरी कार्कीले १३ चैतको रामनवमीका दिन पूरा गर्ने बताए। सोको रुट अवलोकन गर्न कार्की पूर्वखेलाडी गोकुल खत्रीसँगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दै छन्।

गोदावरी नगरपालिका १, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्नेछन्। उनी त्यहीँका बासिन्दा हुन्। हनुमान मन्दिर पनि कार्की आफैँले निर्माण गरेका हुन्। त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पित्तलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौड्न लागेको कार्कीले जानकारी गराए।

कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा तीनपटक, काठमाडौं-बुटवल एकपटक, काठमाडौं-सिन्धुली तीनपटक र काठमाडौंदेखि उत्तर प्रदेश एकपटक दौडेर पुगेका थिए।

त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिलिङसम्म दौडेका थिए। कार्कीका अनुसार २०६४ सालमा एक सय एक दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्ला दौडेर पुगेका थिए।