काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
रवि लामिछाने र छविलाल जोशी
अ+
अ-

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीले बिगो रकम बराबरको धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित दायर गरेको निवेदनमा आज पेसी तोकिएको छ।

सुप्रिम सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधको अभियोगमा हाल थुनामा रहेका दुवैजनाको मुद्दा साप्ताहिक पेशी सूचीमा परेको हो।

यद्यपि, यसअघि पटक–पटक सुनुवाइ स्थगित हुँदै आएकाले आजको पेसीमा बहस अघि बढ्ने या नबढ्ने भन्ने विषयमा अझै निश्चित छैन।