काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य-सचिव पदमा संरक्षणविद् नरेश सुवेदी नियुक्त भएका छन्। प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्थाबमोजिम बोर्डले उनलाई आज (बिहीबार) सदस्य-सचिव पदमा नियुक्त गरेको हो।

विगत २५ वर्षदेखि कोषमा कार्यरत सुवेदी यसअघि वरिष्ठ निर्देशक पदको जिम्मेवारीमा थिए।

संरक्षण विज्ञान र व्यवस्थापनमा दख्खल राख्ने सुवेदीको कार्यकालमा प्रकृति संरक्षण, वन्यजन्तु व्यवस्थापन र जलवायु अनुकूलनका क्षेत्रमा थप नवीन र रणनीतिक उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ।