काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो। यसअघि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।