काठमाडौँ। नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अहिले मतगणना जारी छ।
कुल दुई हजार २२७ मत खसेकामा हालसम्म एक हजार एक सय ३९ मत गनेर सकिएको छ।
हालसम्मको गणनामा अध्यक्षमा केपी शर्मा ओलीकै अग्रता रहेको छ। ओली आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दापाँच सय ४७ मतले अगाडि छन्। ओलीले आठ सय ४३ मत प्राप्त गर्दा पोखरेलले १ दुइ सय ९६ मत पाएका छन्।
यस्तै महासचिवमा पनि ओली प्यानलका शंकर पोखरेलकै अग्रता छ। उनले ६१३ मत पाएका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन्।