काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको मतगणना तयारी अन्तिम चरणमा पुगेको छ। भृकुटीमण्डपमा बिहान ९ बजे सुरु भएको मतदान साढे ६ बजे सकिएको थियो।
मतदानमा प्रयोग भएका ८० वटै मेसिनको मुचुल्का उठाउने काम भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। कुल २,२६३ प्रतिनिधिमध्ये २,२२७ जनाले मतदान गरेका छन्।
आयोगका अनुसार मतगणना सुरु भएको करिब तीन घण्टाभित्र नतिजा आउनेछ। नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलबीच प्रतिस्पर्धा छ।