काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

४ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ आज (शुक्रबार) जारी गरेका छन्। २१ फागुनका लागि तोकिएको चुनावका लागि आवश्यक पर्ने कानुन संशोधनका लागि अध्यादेश ल्याउने निर्णयसहित मन्त्रिपरिषद्‌ले अध्यादेश राष्ट्रपतिकहाँ पठाएको थियो।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ अनुसार मन्त्रिपरिषद्‌को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन्।

निर्वाचन ऐनमा २०७८ को जनगणनाअनुसार समानुपातिक उम्मेवारको बन्दसूची तयार गर्न कानुन संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै निर्वाचन आयोगले गृह मन्त्रालयमा आग्रह गरेको थियो।